जनकपुरधाम, ६ पुस । प्रदेश नं. २ को नाम ‘मधेश’ प्रदेश र स्थायी राजधानी जनकपुरधाममा सहमति जुटाउनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वार्ता टोली गठन गरेको छ ।
लोसपा प्रदेश नं. २ समितिले मंगलबार प्रदेश सांसद रानी शर्माको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरेको हो ।
प्रदेशसभा जारी आठौं अधिवेशनमा प्रदेश नं. २ को नाम र राजधानीको प्रस्ताव पेश हुने भएकोले अन्य दलहरुसँग छलफल तथा सहमतिका लागि प्रदेशसभा सदस्य शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरिएको लोसपा संसदीय दलका नेता तथा प्रदेश २ अध्यक्ष जीतेन्द्र सोनलले जनाएका छन् ।
वार्ता टोलीको संयोजकमा शर्मा र सदस्यहरुमा परमेश्वर साह, जयनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रहलाद गिरी रहेका छन् ।
उता, सत्तारुढ जनता समाजवादी पार्टीले पनि प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरधाममा सहमति जुटाउन छलफल र वार्ता थालेको हो ।
तपाईको प्रतिक्रिया