काठमाडौंमा इन्टरप्राइज इन्डिया प्रदर्शनीको उद्घाटन

समाचार

काठमाडौं, ७ पुस । भृकुटी मण्डप प्रदर्शनी हलमा  ‘इन्टरप्राइज इन्डिया प्रदर्शनी’को उद्घाटन समारोहमा भारतीय राजदूतावासले सहभागिता जनाएको छ ।

दूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले उक्त प्रदर्शनीको उद्घाटन गर्नुका साथै कार्यक्रममा सहभागी भारतीय तथा नेपाली कम्पनीहरुसँग अन्तरक्रिया गरिन् । 

उनले आयोजकहरुलाई दुई देशबीचको व्यावसायिक सम्बन्धलाई मजबुत बनाउन नेपाली उद्यमीहरुसँग बीटुबी साझेदारी खोज्न पनि प्रेरित गरे ।

भारत सरकार वाणिज्य एवम् उद्योग मन्त्रालयको सहयोगमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीले ‘इन्टरप्राइज इन्डिया २०२२’ को आयोजना गरेको हो । 

दुवैतर्फ उपलब्ध व्यापार अवसरहरूको बारेमा सचेतना जगाई ब्रान्ड इन्डियाको प्रवद्र्धन र द्विपक्षीय व्यापार एवम् लगानी अभिवृद्धि गर्ने उद्देश्यले सो प्रदर्शनीको आयोजना गरिएको हो । 

संयुक्त उद्यम, प्रविधि आदान प्रदान, मार्केटिङ प्रबन्धलाई सहजीकरण गर्नुका साथै दुई देशका जनताबीचको सम्पर्कलाई अझ मजबुत बनाउनु यस प्रदर्शनीको मूल उद्देश्य रहेको छ ।

भारतका विभिन्न भागबाट आएका र विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने ५० भन्दा बढी भारतीय कम्पनीहरुले यस प्रदर्शनीमा आफ्ना उत्पादन तथा सेवाहरु प्रदर्शन गरिरहेका छन् । 

यस प्रदर्शनीमा नेपाली व्यवसायी तथा व्यापारीहरुको पनि उत्साहजनक सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ