सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ      

समाचार

बाँके, ७ पुस । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी नेपालगंज महानगरपालिका–१८ बस्ने ३० वर्षीय साधु अहिरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत बाँकेको २०७७ फागुन १७ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ महिना १९ दिन कैद र २ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ