प्रदेश २ मा कांग्रेसको अधिवेशनमा दुई समूहबीच कुटाकुट

समाचार

जनकपुरधाम, ७ पुस । नेपाली कांग्रेसको प्रदेश २ को सभापतिका उम्मेद्वार कृष्ण यादव र रामसरोज यादव समूहबीच कुटाकुट भएको छ ।

समितिको मतदानको विषयलाई लिएर दुई समूहबीच कुटाकुट भएको हो । जनकपुरधाममा भइरहेको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने र विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले बिहीबारका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवाद भएको हो ।

सो क्रममा भएको कुटाकुटमा कांग्रेसका केही कार्यकर्ता घाइते भएका छन् । निर्वाचन समितिले प्रदेश २ मा बुधबार नै निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

दुई पक्षबीच कुटाकुट भएपछि बुधबारका लागि निर्वाचन कार्यक्रम स्थगित भएको छ । अब बिहीबार विहान ८ बजेदेखि मतदान हुने निर्वाचन समितिका संयोजक प्रल्हाद गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ