कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी

समाचार

जनकपुरधाम, ९ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश नं. २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् । कृष्ण यादव संस्थापन समूहका उम्मेद्वार थिए ।

विमलेन्द्र निधि समूहका उम्मेद्वार तथा प्रदेश नं. २ को भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलाई १ सय ४१ मत अन्तरले पराजित गर्दै कृष्ण विजयी भएका हुन् ।

कृष्णले ९९६ मत पाए भने उनका प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाएका छन् । 

१९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो । ३० मत बदर भएको छ । मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रदेश २ को अधिवेशन आन्तरिक विवादका कारण रोकिएको थियो र नेतृत्व चुन्न बिहीबार मात्रै मतदान भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ