काठमाडौं, ९ पुस । विचारभन्दा माथि देश हुन्छ भन्ने विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको भनाइलाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले प्रतिवाद गरेका छन् ।
मिश्रले आफ्नो पार्टीमा विचारभन्दा माथि देशको मार्गचित्र लागू गराएको भन्दै सोहिअनुसार गर्न÷गराउन आग्रह गरेपछि राउतले त्यसको प्रतिवाद गरेका हुन् ।
राउतले ट्वीटरमार्फत् विचारभन्दा माथि देश कसरी हुन्छ भन्ने प्रश्न गरेका हुन् ।
‘विचारभन्दा माथि देश रे ! देश आफैंमा विचारबाट जन्मेको हो’, राउतले ट्वीटरमा भनेका छन्, ‘पहिला विचार आएको हो, अनि मात्रै देश । अनि विचारभन्दा माथि देश कसरी हुन्छ ?’ राउतले भनेका छन्, ‘देश के पृथ्वी उत्पत्ति हुँदाखेरि बनेर आएको थियो र ? कति त यहाँ टिनेएजर्सभन्दा पनि कान्छा छन् ।’
तपाईको प्रतिक्रिया