भारतमा सुरु भएको बिमस्टेक सैन्य अभ्यास नेपाल पनि सहभागी

समाचार

काठमाडौं, ९ पुस । क्षेत्रीय संगठन बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सदस्य मुलुकबीच मानवीय सहायता तथा विपद् राहतसम्बन्धी बहुद्देश्यीय सैन्य अभ्यास भारतको पूणेमा सुरु भएको छ ।

भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरभाणेले उद्घाटन गरेको ‘प्यानेक्स–२१’ नामक सैन्य अभ्यासमा बिमस्टेक सदस्य मुलुकहरु नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका सैनिक तथा विज्ञ प्रतिनिधी सहभागी छन् । 

सैन्य अभ्यासमा नेपाली सेनाका एकजना महासेनानी र नयाँ दिल्लीस्थित नेपाली दुतावासका सैनिक सहचारी सहभागी छन् ।

प्राकृतिक विपत्तिको सामना गर्न बिमस्टेक सदस्य मुलुकबीच संयुक्त संयन्त्र निर्माण गर्ने उद्देश्यले तीन दिने सैन्य अभ्यास शुरु भएको हो । भारतका रक्षामन्त्री राजनाथ सिंहले पनि अभ्यासको अवलोकन गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ