एसएसपी सुशील यादव मृत भेटिए

समाचार

काठमाडौं, ९ पुस । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील यादव शुक्रबार आफ्नै सरकारी निवासभित्र मृत फेला परेका छन् ।

संघीय प्रहरी इकाई कार्यालय लुम्बिनीका प्रमुख समेत रहेका उनी निवासभित्र झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

यादव २०४९ सालमा सेवा प्रवेश गरेका अधिकृत हुन् । ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते यादवले अवकाश पाउन लागेका थिए ।

उनको मृत्युको यकिन कारण भने खुलेको छैन । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले यादव झुण्डिएको अवस्थामा मृत फेला परेको पुष्टि गरेका हुन्।

उनले भने, यादवको शव मृत अवस्थामा भेटिएको हो । मृत्युको कारण खुलेको छैन। अहिले छानविन भइरहेको छ। ’उनको मृत्युको यकिन कारण भने खुलेको छैन ।  यादव नवलपरासी रामग्राम नगरपालिका २ निवासी हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ