वीरगञ्ज, १० पुस । ‘आजादी का अमृत महोत्सव’ विशेष सप्ताह अन्तर्गत, वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले शनिबार दूतावास परिसरमा कान्सुलर गुनासोका लागि खुला मञ्च Open House for Consular Grievances को आयोजना गरेको छ ।
खुला मञ्चको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले गरेका थिए ।
कार्यक्रमको उद्देश्य नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकहरुको नियमित बाहेकका गुनासोहरुलाई सम्बोधन गर्नु थियो ।
कार्यक्रममा पर्सा र बाराका कलकारखानामा कार्यरत करिब ३० जना भारतीयका गुनासो सम्बोधन गरिएको थियो ।
तपाईको प्रतिक्रिया