सिरहामा जनमतको चक्काजाम

समाचार

सिरहा, १२ पुस । किसानलाई पक्राउ गरेको विरोधमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहा जिल्लामा चक्काजाम आह्वान गरेको छ । जनमत सिरहाले सात बुँदै मागसहित जिल्लामा चक्काजामको घोषणा गरेको हो ।

प्रहरीले दमन गरको निष्कर्ष निकाल्दै जनमत पार्टी आन्दोलन समिति सिरहाले आन्दोलनको कार्यक्रमको स्वरुप परिवर्तन गर्दै आजका लागि चक्काजाम मात्र गर्ने निर्णय गरेको थियो । 

पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र औरही गाउँपालिका अध्यक्ष सिदार्थ यादवले गरेको भ्रष्टाचारको छानबिन हुनुपर्ने जनमत पार्टीको माग छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ