चोरीपैठारीको लत्ताकपडा तथा सूर्ति बरामद

समाचार

रौतहट, १२ पुस । जिल्लाको राजदेवी नगरपालिका ७ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ३ लाख ७४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा सुर्ती बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गणले बरामद गरेको हो । 

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाले पौष ११ गते करीव २ लाख ६९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, किराना सामान तथा सुर्ती बरामद  गरेको छ ।

भन्सार छली ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले झापा जिल्लाको झापा गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ