विभिन्न लागूऔषधसहित युवक पक्राउ

समाचार

बाँके, १२ पुस । नेपालगंज उपमहानगरपालिका–१५ स्थित सडकबाट कैलाली लम्किचुवा नगरपालिका–४ बस्ने २४ वर्षीय कर्ण बोगटीलाई विभिन्न लागूऔषधसहित पक्राउ गरिएको छ ।

नियन्त्रित लागूऔषध २ सय १५ पिस फेनिरामाइल एभिल, १० पिस नाईट्राभेट र २ सय १० पिस ट्रामाडोल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ