एटिएम मेसिन तोडफोड गरेको अभियोगमा पक्राउ

समाचार

मोरङ, १२ पुस । विराटनगर महानगरपालिका–३ कंचनबारीस्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा एक युवक फत्रउा परेका छन् ।

रतुवामाई नगरपालिका–५ बस्ने २१ वर्षीय पारस कालिकोटेलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

एटिएम मेसिन तोडफोड भईरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सिआरभि पोष्ट भट्टाचोकबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ