जनमतद्वारा रौतहटमा पनि आमहड्ताल तथा प्रदर्शन घोषणा

समाचार

रौतहट, १३ पुस । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले रौतहट जिल्लामा पनि आमहडताल र प्रदर्शन गर्ने निर्णय गरेको छ । सिरहाबाट किसानको लागि सुरु गरेको आन्दोलन अब रौतहटमा पनि गर्ने घोषणा गरेको हो ।

जनमत पार्टीका केन्द्रीय सदस्य तथा प्रकाशन विभाग प्रमुख ललित मल्लिक सानुले जनाएअनुसार रौतहट जिल्लाभरि भोलि बुधबार आमहडतालको घोषणा गरिएको छ ।

आज साँझ जिल्लाको मुख्य बजारहरु गौर, गरुडा, बंकुल, चपुर लगायतका ठाउँहरुमा मसाल जुलुस प्रदर्शन गर्ने र भोली आमहडतालको आह्वान गरिएको हो ।

आमहडतालमा अत्यावश्यक सामग्रीहरु (खाद्यान्न, औषधि पसल) को सवारी साधनलाई अवरोध नगर्ने जनाइएको छ । भोली गौरमा किसान जनप्रदर्शनसमेत गर्ने नेता मल्लिकले जनाए ।

मागहरु :-
१. समयमा मलखाद र बिउ बिजन को व्यवस्था गर ।
 
२. सिचाईको व्यवस्था गर, नसके सिंचाईका लागि विधुत निशुल्क गर ।
 
३. हावा हुरी, बर्षा तथा मौसमका कारणले भएको बाली नालीको क्षति वापत राहत देउ ।
 
४. फसलको उचित मूल्य कायम गर ।
 
५. उखु किसान को भुक्तानी गर ।
 
६. गिरफ्तार आन्दोलनकारी लाई रिहा गर ।
 
आन्दोलनका कार्यक्रमहरु :-
१. मिती २०७८/०९/१३ गते मंगलबार - जिल्लाको मुख्य बजारहरु गौर, गरुडा, बंकुल, चपुर लगायतका ठाउँहरुमा बेलुकी मसाल जुलुस प्रदर्शन ।
 
२. मिती २०७८/०९/१४ गते बुधबार - खाना-नास्ता, औषधि पसल र अति आवश्यक सवारी साधन वाहेक रौतहट जिल्ला भरि आम हड्ताल तथा सदरमुकाम गौरमा किसान जनप्रदर्शन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ