सिरहाका प्रमुख प्रहरी उपरीक्षकलाई जनकारबाही गर्ने सीके राउतको चेतावनी

समाचार

काठमाडौं, १३ पुस । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सिरहाका प्रमुख प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेलाई जनकारबाही गर्ने चेतावनी दिएका छन् ।

डा.राउतको सचिवालयमार्फत सामाजिक सञ्जालमा भनिएको छ, ‘यदि २४ घन्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँग व्यवहार र सुविधामा सुधार भएन भन्ने कारबाही गर्न जनतालाई पनि आउँछ । सिरहा बजारको बीच चोकमा जनकारबाही हुन्छ ।’

उनले भनेका छन्, ‘२०७३ सालमा स्वराजीको डरले गहुँ खेतमा सुसु गर्नु परेको सम्झना होला नै । फ्रान्सेली क्रान्तिमा जनताले शासकलाई कसरी चौबाटोमा सजाय दिएका थिए, थाहा नै होला ।’ 

गिरफ्तार गरिएका आन्दोलनकारीसँग दुर्व्यवहार भइराखेको, जाडोमा कपडा समेत उपलब्ध नगराएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकीलसँग सम्पर्क गर्न नदिएको र प्राथमिक उपचार समेत गर्न नदिएको आरोप डा.राउतको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ