विभिन्न हातहतियारसहित सुनसरीमा दुई जना पक्राउ

समाचार

सुनसरी, १३ पुस । कोशी गाउँपालिका–१ लौकहीस्थित बिएस होटलबाट २ थान अटोमेटिक पेस्तोल, ४ थान म्याग्जिन, ३ राउण्ड गोली,  २ हजार भारतिय रुपैँया, १ थान मोबाइल र बिआर ५० के ०१४९ नम्बरको मोटरसाइकल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सोमबार दिउँसो पक्राउ पर्नेहरुमा भारत अररिया पञ्चायत बासमटिया–६ बिहार बस्ने ३५ वर्षीय  विधानन्द  राम र पञ्चायत बासमटिया–२ बस्ने ३१ वर्षीय हासिम अंसारी रहेका छन् । 

ईलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त हातहतियार र उनीहरुले प्रयोग गरेको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ