१६ किलो चरेससहित दुई जना पक्राउ

समाचार

कैलाली, १३ पुस । चुरे गाउँपालिका–५ बेल्चापलानस्थित सडकबाट करिब १६ केजी अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।

बझाङ, बुङ्गल नगरपालिका–११ देउलीकोट बस्ने २८ वर्षीय  बिर बोहरा लगायत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

से.१ ज ७१८ नम्बरको जिपलाई सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट खानिडाँडाबाट खटिएको सयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी जिप चालक बोहरा लगायत २ जनालाई जिप सहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ