प्रदेश २ को नाम र राजधानी टुंग्याउन सभामुखको सभापतित्वमा समिति गठन 

समाचार

जनकपुरधाम, १३ पुस । प्रदेश नं. २ को नाम र राजधानी टुंगो लगाउन सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन भएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ गठन गरिएको हो ।

दलीय सहमतिका अधारमा गठन गरिएको समितिको कार्यावधि १५ दिन तोकिएको छ । समितिले आवश्यक परे स्थलगत भ्रमण तथा अन्तरक्रिया र छलफल पनि गर्न सक्ने सभामुख यादवले बताए ।

समितिले १५ दिनभित्र प्रतिवेदन तयार पार्नुपर्नेछ । सोही प्रतिवेदनका आधारमा प्रदेशसभाबाट नाम र राजधानी तय गरिनेछ ।

सहमति नजुटे प्रदेशसभामा निर्वाचन प्रक्रियाबाट नाम र राजधानी तय हुने बताइएको छ ।

यसअघि, दुईपटक नाम र राजधानीको प्रस्ताव दुईतिहाइ नपुग्दा असफल भएको थियो ।

समितिका उपभापति उपसभामुख उपमा देव, उपेन्द्रप्रसाद कुशवाहा र सदस्यहरुमा किशोरी साह (कमल), जगतप्रसाद यादव, दिलीपकुमार साह, परमेश्वर साह, विन्देश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदादेवी, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव, सावित्रीदेवी साह, सुन्दरबहादुर विश्वकर्मा र सुरीता साह रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ