जनमतद्वारा धनुषामा पनि चक्काजाम

समाचार

जनकपुरधाम, १३ पुस । किसान आन्दोलनको समर्थन जनाउँदै जनमत पार्टी धनुषाले बुधबार जिल्लाभर चक्काजामको घोषणा गरेको छ ।

जनमतका धनुषा आन्दोलन समितिका दीपनारायण यादवले एक विज्ञप्ति जारी गरी धनुषा जिल्लाभरि चक्काजामको आह्वान गरेका छन् ।

आज साँझ धनुषाको विभिन्न स्थानमा मसला जुलुस र भोली बुधबार चक्काजामको घोषणा गरिएको छ । साथै बुधबार धनुषाको सदरमुकाम जनकपुरधाममा विशाल रैली गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ