प्रधानमन्त्री पत्नी आरजु राणा दिल्लीमा

समाचार

काठमाडौं, १३ पुस । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा दिल्लीमा छिन् । 

काँग्रेसको महाधिवेशनपछि चुनावी नतिजा समेत सकिएपछि उनी दिल्ली लागेकी हुन् ।

उनी भाई भूषण राणाको मुटुको शल्यक्रिया गर्न दिल्ली गएकी हुन । आरजुले दिल्ली बसाईंका क्रममा कुनै पनि राजनीतिक भेटघाट नगर्ने भनिएको छ । 

तर, केही गोप्य भेटहरु भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा पौषको अन्तिम साता भारत भ्रमणमा जाने कार्यक्रम तय भएको छ । 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ