काठमाडौं, १४ पुस । मधेशी समुदायको सशक्तीकरण अन्तर्गत लोकसेवा तयारी कक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मधेशी आयोगका अध्यक्ष डा. विजय कुमारले सुषुप्त अवस्थामा रहेका मधेशी अभिभावकहरुलाई जागृत गराई मधेशी समुदायको सशक्तीकरण गराउदै प्रशासनिक क्षेत्रमा सहभागिता बढाउन विद्यार्थी वर्गलाई उत्प्रेरित गर्न र स्थानीय सरकारलाई यसतर्फ ध्यानाकर्षण गराउनु कार्यक्रमको उद्देश्य रहेको बताए ।
कार्यक्रममा मधेशी समुदायका विद्यार्थी र अभिभावक गरी ६० जनाको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया