लोसपाका अन्तुष्टहरु अध्यक्ष ठाकुरसँग भेट्दै

समाचार

काठमाडौं, १४ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका असन्तुष्ट नेता कार्यकर्ताहरु अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्दैछन् ।

प्रदेश र जिल्ला अध्यक्ष मनोनयनप्रति असन्तुष्टि जनाउँदै पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका  नेताहरु आज अध्यक्ष ठाकुरसँग भेट्न लागेका हुन् ।

अध्यक्ष ठाकुरले एकलौटी गरेको, लोकतान्त्रिक विधि र पद्धतिअनुसार मनोनयन नगरेको आरोप लगाउँदै विभिन्न जिल्लाबाट आएर केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका छन् ।

अध्यक्ष ठाकुर अस्वस्थ्य रहेको कारणले आफ्नै निवासमा असन्तुष्टहरुलाई भेटवार्ताका लागि आज बोलाएका हुन् ।

लोसपा केन्द्रीय नेता एवं हिन्दी भाषा अभियानी रमन पाण्डेयको नेतृत्वमा रामजी राय, धीरेन्द्र सिंह, संजय सिंह, सतिश लाललगायतको टोली अध्यक्ष ठाकुरको निवासमै गएर भेट्दैछ ।

अध्यक्ष ठाकुरको विशेष आग्रहमा आफूहरु उनकै निवासमा गएर आफ्ना कुराहरु राख्ने नेता पाण्डेयले मधेशवाणीलाई बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ