कपिलवस्तु, १४ पुस । वाणगंगा नगरपालिका–१ दर्खास्तस्थित सडकमा बा.६ च ११६४ नम्बरको कारलाई ना.४ ख ८१६३ नम्बरको ट्रकले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
ना.५ ख ३३८७ नम्बरको बसमा कार ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा कारका चालक वाणगंगा नगरपालिका–२ बस्ने ३५ वर्षीय अनुराग पाण्डेको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका कारमा सवार २ जना र बसमा सवार १ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । ट्रक र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया