विद्युत सर्ट भइ आगलागी हुँदा लाखौं धनमाल नष्ट

समाचार

मोरङ, १४ पुस । मिक्लाजुङ गाउँपालिका–४ आमबोटे बस्ने राजकुमार लिम्बुको घरमा बिद्युतको लाईन सर्ट भई बुधबार बिहान आगलागी भएको छ ।

आगलागीबाट घर, अन्नपात, लत्ताकपडा, भाडाबर्तन, कागजपत्र समेत जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ