सीके राउतले किसानको नाममा आफ्नो रोटी सेक्न चाहन्छ : पूर्वराज्यमन्त्री मण्डल

समाचार

जनकपुरधाम, १५ पुस । जनता समाजवादी पार्टी नेपालका नेता तथा प्रदेश नं. २ का पूर्वराज्यमन्त्री सुरेश मण्डलले जनमत पार्टीका अध्यक्ष डा.सीके राउतमाथि गम्भीर आरोप लगाएका छन् ।

जनमत पार्टीले किसानको नाममा गर्दै आएको आन्दोलनलाई पूर्वराज्यमन्त्री मण्डलले किसानको आन्दोलन नभएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘यो बन्द न किसानको हो न किसानको लागि हो । सीके राउतले किसानको नाममा आफ्नो रोटी सेक्न चाहन्छ ।’

लहान घटना दोहोर्याएर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न खोजेको उनको आरोप छ । 

उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘दुई वर्षदेखि कोरोनाले थलेको अर्थतन्त्र यो अराजकताले झन कोमामा जानेछ र किसानलाई सबभन्दा ठूलो नोक्सान हुनेछ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ