चित्रकलामार्फत् सुमनले उठाए मिथिलाको समकालीन मुद्दा

समाचार

काठमाडौं, १६ पुस । कलाकार तथा चित्रकार एससी सुमन (सुबोधचन्द्र दास) को एकल चित्रकला प्रदर्शनी राजधानीमा जारी छ ।

बबरमलस्थित सिद्वार्थ आर्ट ग्यालरीमा सुमनको एकल चित्रकला प्रदर्शनी लिएर उभिएका छन् । दुई दर्जनभन्दा बढी मिथिला चित्रमा उनले सत्ययुगदेखि कलियुगसम्मको मान्यता राख्ने धार्मिक तथा सामाजिक पक्षसँग जोडिएको समयको चक्रलाई चित्रण गरेका छन् ।

विशेष गरी मिथिला तथा अन्य समाजको समकालीन मुद्दालाई उठान गर्दै आएका छन् । उनका चित्रहरुमा मिथिला समाजको लोक परम्परा, धर्म, संस्कृतिसँगै काठमाडौँ तथा सिंगो प्रकृतिमाथि भएका अतिक्रमण कथा छन् ।

उनले चित्रहरुमा समयसँगै मिथिला समाजमा परापूर्वकादेखि नै चल्दै आएका धर्म संस्कारलाई उतारेका छन् । छठ, गौरी, गणेश, पूजा, दशमी मेला, कोहबर घरलगायतको मैथिल समाजको धार्मिक तथा सांस्कृतिक पक्षलाई उनले चित्रमा उठान गरेका छन् । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ