काठमाडौं, १७ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति चुनावको पहिलो चरणमा नराम्ररी पराजय भोगेका विमलेन्द्र निधि केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
यस्तै उपभापतिमा दुई मतले पराजय भएका विजय गच्छदारलाई पनि केन्द्रीय समितिमा मनोनित गरिएको छ ।
सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका हुन् ।
सभापति देउवाले निधि, गच्छदार, नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनीत गरेका छन् ।
कांग्रेसमा विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ । महाधिवेशनबाट १३४ जना निर्वाचित भएका हुन् भने सभापतिका निकटम प्रतिस्पर्धी स्वतः केन्द्रीय सदस्य हुने विधानको व्यवस्था छ ।
तपाईको प्रतिक्रिया