गाँजासहित दुई जना पक्राउ

समाचार

मोरङ, १७ पुस । ग्रामथान गाउँपालिका–७ धोबियारे चोकबाट करिब आधा किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३३ वर्षीय किशुन देव चौधरी र २७ वर्षीय रंजित कुमार माझी रहेका छन् । 

ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ