जनकपुरधाम, १७ पुस । इस्वी संवत्को नयाँ वर्ष २०२२ मा जनकपुरधाममा भारतीय पर्यटकहरुले ऐतिहासिक धार्मिकस्थल जनकपुरधाम भरिभराउ देखियो ।
नयाँ वर्षको उपलक्ष्यमा मित्रराष्ट्र भारतका पर्यटकहरुको घुइचो लागेको छ । जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर लगायतका स्थानमा भगवानको दर्शन र पुजापाठ गर्न पर्यटकहरुको घुइचो देखिएको छ ।
नयाँ वर्षको सुरुवात सुखमय होस भन्ने अभिलाषाका साथ आएका पर्यटकहरुका कारण जनकपुर क्षेत्रमा चहलपहल बढेको छ ।
शनिबार बिहानैदेखि जनकपुरको जानकी मन्दिर , राममन्दिरलगायतका धार्मिक मठमन्दिरहरुमा पर्यटकहरुको भिड लागेको हो ।
कोरोनाको कारणले जनकपुरसहितको पर्यटन क्षेत्र सुस्त भएको थियो । अहिले बिहार राज्यको मात्रै नभई अन्य प्रान्तबाट समेत जनकपुरमा पर्यटकहरुको भिड देखिएको छ ।
भारतका दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश सिमला, उत्तराखण्डलगायत राज्यबाट हजारौंको संख्यामा पर्यटक जनकपुरधाम आउने गरेका छन् ।
तपाईको प्रतिक्रिया