जनमतको किसान आन्दोलन : काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन

समाचार

काठमाडौं, १७ पुस । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनअन्तर्गत संघीय काठमाडौंको माइतीघर मण्डलामा पनि प्रदर्शन गरेको छ ।

जनमत पार्टी काठमाडौं उपत्यका समितिको नेतृत्वमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारीहरुले ‘किसानलाई मलखाद्य उपलब्ध गर’, ‘किसान माथि लागेको मुद्दा फिर्ता गर’, ‘किसान एकता जिन्दावाद’, ‘किसानमाथि लागेको मुद्दा फिर्ता गर’ लगायतका पर्चासहित प्रदर्शन गरेका हुन् ।

सिरहाको औरहीबाट सुरु भएको किसान आन्दोलन मधेशव्यापी हुँदे अब संघीय राजधानी काठमाडौंमा पनि प्रदर्शन सुरु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ