रुपन्देही, १८ पुस । जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेश समिति समायोजन भएको छ । जसपाको लुम्बिनी प्रदेश समिति अध्यक्ष अशोककुमार यादव यादव चयन भएका छन् ।
यादवको अध्यक्षतामा १५१ सदस्यीय प्रदेश समिति गठन गरिएको हो । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई निर्माण भएको जसपाको समायोजन भएको हो ।
प्रदेश समितिको उपाध्यक्षमा अब्दुल रसिद खान, धनेश्वरी चौधरी, अतिउल्ला मुसलमान, मन्नु चौधरी, राज कुमार चौधरी, राज किशोर मिश्र, बदरुधुजा खान, प्रमुख सचिव यज्ञ प्रसाद पोख्रेल, सचिव लक्ष्मी चौधरी, ठाकुर चौधरी, पन्नेलाल यादव, ओम प्रकाश चौधरी, हिमानी थापा र कोषाध्यक्ष अम्बिका काफ्ले रहेका छन् ।
तपाईको प्रतिक्रिया