पर्सा, १८ पुस । कालिकामाई गाउँपालिका–१ तिनदुबिया बस्ने चुल्हाई साहको घरबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
शनिबार दिउँसो विशेष सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले साहको घर तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
हाल फरार रहेका साहको खोजी भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया