महोत्तरीमा मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

समाचार

महोत्तरी, १८ पुस । जिल्ला दुई छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा परी जनाको ज्यानको गएको छ ।

बर्दिवास नगरपालिका–५ जंगा पुलस्थित सडकमा ज.६ प ८३४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक सर्लाही भक्तिपुर नगरपालिका–४ घर भएका ४८ वर्षीय भुवन प्रसाद उपाध्यायको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो । 

यसैगरी, मनराशिश्वा नगरपालिका–२ स्थित सडकमा प्र.२–०२–००१ प ०९२४ र प्र.०२–०३–००३ प ३६५० नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेहरुमा दुवै मोटरसाइकलको चालक सर्लाही चन्द्रनगर नगरपालिका–७ घर भएको ३३ वर्षीय अजय साह र महोत्तरी मनराशिष्वा नगरपालिका–५ बस्ने ३८ वर्षीय रोशन ठाकुर रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ