प्रहरीले क्रूर दमन नरोके अब सशक्तरुपमा प्रस्तुत हुन्छौं : डा.सीके राउत

समाचार

जनकपुरधाम, १८ पुस । धनुषाको पोर्ताहामा प्रहरीले जनमत पार्टीका कार्यकर्तामाथि गोली चलाएको घटनापछि केन्द्रीय अध्यक्ष डा. सीके राउतले प्रहरीमाथि आक्रोश पोखेका छन् ।

अध्यक्ष डा. राउतले नश्लीय प्रहरीले बन्दुकको दम्भ देखाएको आरोप लगाएका हुन् । घाईते कार्यकर्तालाई भेट्न जनकपुरस्थित प्रादेशिक अस्पताल पुगेका उनले भने– नश्लीय प्रहरीले आफ्नो बन्दु’कको दम्भ देखाएको एउटा उदाहरण हो पोर्ताहा घटना । नरसंहार गर्न खोजिएको छ । यसको जवाफ प्रहरीले दिनुपर्छ ।

प्रहरीले क्रुर दमन नरोके अब नयाँ तरिकाबाट सशक्त रुपमा प्रस्तुत हुने अध्यक्ष डा. राउतले चेतावनी समेत दिए ।

उनले काठमाडौंमा सिंहदरबार अगाडीकै सडक अवरद्ध गर्दा पानीको फोहोराले स्वागत गर्ने गरेको र यहाँ शान्तिपूर्ण आन्दोलन गर्दा पनि नरसं’हार गर्न खोजेकोमा दुःख व्यक्त गरे ।

पोर्ताहामा प्रहरीले चलाएको रबरको गोली लागेर ५ जना घाईते भएका छन् । उनीहरु खतरामुक्त रहेको चिकित्सकले जनाएको छ । प्रहरी दमनमा उत्रेपछि जनमत पार्टीका नेताहरुले अब नयाँ रणनीति बनाउने बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ