सहजकर्ताहरुलाई एकीकृत पोषण सम्बन्धी तालिम सम्पन्न

समाचार

बृजेश गुप्ता, कपिलवस्तु, १९ पुस । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.४ सिर्सिहवामा सहयोगी  सहजकर्ताहरुलाई एकीकृत पोषण सम्बन्धी तालिम सम्पन्न भएको छ ।

सहयोगी सहजकर्ताहरुलाई एकीकृत पोषण सम्बन्धी तालिम कालिका स्वावलम्बन सामाजिक केन्द्र÷सुआहाराको सहयोगमा सम्पन्न भएको जानकारी सहजकर्ता पृथ्वीपाल तेलीले दिएका छन् । 

पोषण सुधारका लागि १००० दिनको अवधिमा गर्नुपर्ने सुआहारा दोस्रोले सिफारिश गरेका १० मुख्य व्यवहारहरुबारे प्रभावकारी परामर्श गर्नका लागि सहयोगी सहजकर्ताहरुको ज्ञान, सिप तथा क्षमता अभिवृद्धि गर्ने मातृ, शिशु तथा वाल्यकालीन पोषण परामर्श सेवालाई थप प्रभावकारी बनाई महिला, किशोरी, बालबालिका तथा घर परिवारको पोषण सम्बन्धी व्यवहार परिवर्तन गर्ने उद्देश्यले तालिम गरिएको छ । 

उक्त तालिमका प्रशिक्षण सिर्सिहवा स्वास्थ्य चौकी प्रमुख रामकुमार गुप्त र सुआहारा कार्यक्रमका पालिका पोषण सहजकर्ता पृथीपाल तेलीले गरेको र सामुदायिक पोषण सहजकर्ता संगीता यादव, अंकिता मिश्राको समेत सहभागिता थियो । कार्यक्रममा १८ जना स्थानीय १००० दिनको आमाको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ