किसान आन्दोलनमा भएको गोली प्रहारप्रति लोसपा नेता लालको आपत्ति

समाचार

काठमाडौं, १९ पुस । किसान आन्दोलनमा प्रहरी प्रशासनले आन्दोलनकारीमाथि गोली प्रहार गरेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य वृषेश चन्द्र लालले निन्दा गरेका छन् ।

नेता लालले भनेका छन्, ‘राज्यद्वारा आफ्नै निहत्था जनतामाथि गोली प्रहार निरंकूशता र अत्याचार हो । यसलाई कथमपि स्वीकार गर्न सकिन्न ।’

राज्यका प्रशासक वा सिपाहीलाई आत्मरक्षा गर्नु पर्ने अनियन्त्रित परिस्थितिमा बाहेक त्यसो गर्ने कुनै अधिकार नरहेको उनले बताएका छन् ।

‘शान्तिपूर्ण आन्दोलनको जिम्मेवारी सिर्फ आन्दोलनकारीहरूको मात्र जिम्मेवारी हुँदैन ।’ उनले भनेका छन्, ‘आन्दोलनलाई वार्ता, वैचारिकता र सहमतिले सम्वोधन गरी नियन्त्रित गर्नु पर्दछ । गोली प्रहार सम्बन्धित प्रशासनिक अधिकारी र सरकारको असफलता हो ।’

आइतबार धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित पोर्ताहामा प्रशासनद्वारा ११ राउण्ड गोली प्रहारको लोसपा नेता लालले निन्दा गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ