यदुवंश झा एमालेमा प्रवेश

समाचार

काठमाडौं, १९ पुस । पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटव्यूरो सदस्य यदुवंश झा नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

आइतबार साँझ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजी निवास बालकोटमा उनलाई खादा ओढाई पार्टीमा स्वागत गरेका छन् । 

पार्टीका स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाको उपस्थितिमा पूर्वमन्त्री झा एमालेमा प्रवेश गराएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ