ब्राउनसुगरसहित दुई जना पक्राउ

समाचार

रुपन्देही, १९ पुस । देवदह नगरपालिका–२ ढेकार श्रीचोकबाट ७ ग्राम ५ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

आइतबार बेलुकी पक्राउ पर्नेहरूमा ओमसतिया गाउँपालिका–६ बस्ने ३७ वर्षीय वर्मानन्ध धरिकार र भारत महाराजगंज सुनौली बस्ने ३८ वर्षीय अर्जुन साहानी रहेका छन् ।  

लु.५५ प २२०५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बुटवल र प्रहरी चौकी खैरेनीबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ