मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

समाचार

रौतहट, १९ पुस । गौर नगरपालिका–७ सवगाढास्थित सडकमा बिआर ३० जेड ३३७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार माधवनरायण नगरपालिका–६ माधोपर बस्ने ३५ वर्षीय कैलाश महतोको मृत्यु भएको छ ।

आइतबार दिउँसो उक्त सडक क्रस गर्दै गरेकी बालिकालाई बचाउन खोज्दा भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । 

मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ