काठमाडौं, १९ पुस । प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई जनता समाजवादी पार्टी नेपालको संघीय संसदको संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले सांसद साहलाई प्रमुख सचेतकमा नियुक्त गरिएको जानकारी संघीय संसद सचिवालयलाई सोमबार जानकारी दिएका हुन् ।
सांसद साहलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन तथा नियमानुसार पाउने सुविधा उपलब्ध गराइदिने व्यवस्थाका लागि अध्यक्ष यादवले संघीय संसद सचिवालायलाई आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया