शिक्षक कण्ठको निधन

समाचार

अजयकुमार सिंह, महोत्तरी, २० पुस । अवकाश प्राप्त शिक्षक महेश्वर लाल कण्ठको शनिबार निधन भएको छ । 

मृदृभाषी, कुशल शिक्षक असल व्यवहार र समाजमा घुलमिल स्वभावका धनी शिक्षक कण्ठको निधनबाट गाउँ टोल समाजका भरभलादमीहरु दुखी भएका छन् । 

वि.सं. २००१—३—२० मा जन्मनुभएका कण्ठको ७७ वर्र्षको उमेरमा निधन भएको परिवारजनले बताएका छन् ।

उहाँ २०२३ सालमा शिक्षक पेशासँग जोडिनुभएको थियो भने उहाँले ३८ वर्ष नियमित रुपमा शिक्षक पेशामा रहेर देश र जनतालाई सेवा गर्नु भएको थियो । 

उहाँ सुरुदेखि नै महोत्तरी जिल्लाको पुराना विद्यालयका रुपमा चिनिएका श्री भेरुखी माध्यमिक विद्यालय लोहारपट्ठीमा कार्यरत रहदै त्यही विद्यालयबाट अवकाश प्राप्त गर्नुभएको थियो । 

वि. स. २०६१—३—१९ गते शिक्षक पेशामा अवकाश प्राप्त गरी आफ्नो पैतृक गाउँ महोत्तरी जिल्लाको लोहारपटी नगरपालिकाको डठौरामा बस्दै आइरहनुभएको थियो । 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ