माघ १३ गतेदेखि व्यापार मेला तथा कृषि र पर्यटन महोत्सव हुने

समाचार

रुपन्देही, २० पुस । जिल्लाको तिलोत्तमा नगरपालिकामा माघ १३ गतेदेखि दोस्रो औद्योगिक व्यापार मेला तथा कृषि र पर्यटन महोत्सव हुने भएको छ ।

तिलोत्तमा चेम्बर अफ कमर्सको मुख्य आयोजना तथा नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी चेम्बर अफ कमर्स र रुपन्देही ब्यापार संघको सहआयोजनामा तिलोत्तमा–५ मणिग्राममा माघ १३ देखि माघ २४ गतेसम्म व्यापार मेला सञ्चालन हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।

‘व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगार ः सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार’ मूल नाराका साथ आयोजित मेलामा स्वदेशी तथा विदेशी कृषिजन्य, औद्योगिक, हस्तकला, गार्मेन्ट, दैनिक उपभोग्य, अटो मोबाइल्स, सूचना प्रबिधि लगायतका ३ सय बढी स्टल रहने संघका अध्यक्ष बाबुलाल भुसालले बताए ।

मेला २ लाख दर्शकले अवलोकन गर्ने र करीब १० करोडको कारोबार हुने लक्ष्य रहेको महासचिव बिष्णु बरालले बताए ।

मेलामा पर्यटन, कृषि र ब्यापार प्रबद्र्धनका लागि गोष्ठी र सेमिनार पनि गरिने संघका उपाध्यक्ष रामचन्द्र पाण्डेले बताए।

मेलामा लोक दोहोरी गीत प्रतियोगिता,डान्स आइडल लगायत मनोरन्जनात्मक कार्यक्रम पनि रहेका उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ