काठमाडौं, २० पुस । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यका लागि जनता समाजवादी पार्टी नेपालले आफ्नो उम्मेद्वार टुंगो लगाएको छ ।
जसपाले राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं. १ को अल्पसंख्यक समूहबाट भोजपुरका हेमराज राई र प्रदेश नं. २ को खुलातर्फ सिरहाका मो. खालिद सिद्दीकीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सत्तारुढ पाँच दलबीच भएको भागबण्डामा जसपाले २ सिट पाएको छ । राष्ट्रियसभा सदस्यका हुने निर्वाचनमा आज उम्मेद्वारी दर्ता भइरहेको छ ।
तपाईको प्रतिक्रिया