कांग्रेसको राष्ट्रियसभा सदस्य उम्मेद्वारमा अटाएनन् मधेशी

समाचार

काठमाडौं, २० पुस । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ नेपाली कांग्रेसले आफ्ना उम्मेद्वार टुंगो लगाएको छ । 

सत्तारुढ पाँच दलीय गठबन्धनमा कांग्रेसले पाएको ६ सिटमा एउटा पनि मधेशीलाई उम्मेद्वार बनाइएको छैन ।

कांग्रेसको आधारभूमि मधेश रहेपनि मधेशका नेतृत्वलाई कहिल्यै स्वीकार गरेको छैन । मधेशलाई आफ्नो गढको रुपमा मात्रै कांग्रेसले प्रयोग गर्दै आएको बुद्धिजीवीहरु बताउँछन् ।

कांग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्यका उम्मेद्वारहरुमा प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्र छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रको भागवण्डामा परेको ५ सिटमा एकजना पनि मधेशी अटाएनन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ