कैलाली, २० पुस । बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरबाट एक युवकलाई लागूऔषध र नगदसहित प्रहरीले पक्राउ गरेको छ ।
करिब १० ग्राम अवैध लागूऔषध चरेश र नगद ३९ हजार ४ सय ३० रुपैयाँ सहित सोही ठाउँ बस्ने ३० वर्षीय नरेन्द्र प्याकुरेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरी हो–हल्ला गरिरहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चरेशसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया