सर्लाहीमा कुटपिटबाट एक जनाको मृत्यु

समाचार

सर्लाही, २० पुस । बाग्मती नगरपालिका–१० नयाँ बस्ती बस्ने ४० वर्षीय काशी मंसुरीको छिमेकीसँगको झगडामा कुटपिट हुँदा सोमबार राति मृत्यु भएको छ । 

सोही ठाउँ बस्ने ५५ वर्षीय नसरे शेख र काशीबीच बच्चाको विषयलाई लिएर शुक्रबार साँझ झगडा भई कुटपिट भएको थियो ।

कुटपिट हुँदा टाउकोमा चोट लागी गम्भीर घाइते भएका काशीको स्थानीय क्लिनिक हुँदै नेशनल मेडिकल कलेज वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

हाल फरार रहेका नसरेको खोजी गर्नुका साथै यस सम्वन्धमा प्रहरीले थप अनसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ