जनकपुरधाम, २० पुस । राष्ट्रियसभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश नं. २ बाट दुई जना उम्मेद्वार खडा गरेको छ ।
राष्ट्रियसभा सदस्यका लागि आज उम्मेद्वारी दर्ता हुँदैछ । लोसपाले सप्तरीका श्याम सरदार र महोत्तरीकी रुपा यादवलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
प्रदेश २ आधार क्षेत्र रहेको लोसपालाई राष्ट्रियसभा सदस्यमा जित्न निकै नै चुनौतीपूर्ण रहेको छ ।
प्रदेश २ मा सत्तारुढ पाँचदलीय गठबन्धनले साझा उम्मेद्वार खडा गरेको छ भने अर्कोतर्फ प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि आफ्नो उम्मेद्वार घोषणा गरिसकेको छ ।
यस्तो अवस्थामा लोसपा एक्लिएको छ । प्रदेश २ मा लोसपाका लागि मुख्य चुनौतिको रुपमा पाँच दलीय गठबन्धन रहेको छ ।
तपाईको प्रतिक्रिया