ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

समाचार

कपिलवस्तु, २० पुस । जिल्लाको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु ४ त २४०२ नम्बरको ट्र्याक्टर मंगलबार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सडकदेखि करिब २० मिटर खस्दा ट्याक्टरमा सवार स्थानीयवासी ४८ वर्षीया शिवकुमारी थारू र १६ वर्षीया फूलकुमारी थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी घाइते हुनेमा बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू रहेका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ