लोसपाका अन्य समूहका उम्मेद्वार मनोनयन दर्ता गराएन

समाचार

काठमाडौं, २० पुस । लोकतान्त्रिक समाजवादी पार्टीले अन्य समूहबाट उम्मेदवार चयन गरे पनि अन्तिममा मनोनयन दर्ता गराएन ।

लोसपाबाट श्यामसुन्दर सरदारले उम्मेदवारी दिने चर्चा थियो । तर उनी सरकारी लाभको पदमा रहेको पुष्टि भएपछि उम्मेदवारी दर्ता गराएनन् ।

सप्तरीको कंचनरुप निवासी उनी प्रदेश २ सरकारले ६ फागुन २०७८ मा गठन गरेको दलित विकास समितिका सदस्य हुन् । राष्ट्रिय सभा निर्वाचन निर्देशिकाले आर्थिक लाभको पदमा रहेका व्यक्तिले उम्मेदवारी दिन नपाउने व्यवस्था गरेको छ ।

यस्तो अवस्थामा उम्मेदवारी दिए खारेज हुने जानकारी पाएपछि सरदारले उम्मेदवारी नै नदिएको स्रोतले बताएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ