कांग्रेसका क्षेत्रीय प्रतिनिधि बजरंग नेपाली आमरण अनसनमा

समाचार

जलेश्वरस्थित महेश्वर प्रसाद सिंह स्मृति भवनमा आमरण अनसन बसेका नेता नेपाली ।

जलेश्वर, २१ पुस । नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि एवं पूर्वमहासमिति सदस्य बजरंग नेपाली बुधबारदेखि आमरण अनसन (भोक हडताल) सुरु गरेका छन् ।

महोत्तरी संसदीय क्षेत्र नं. ३ लाई षड्यन्त्रमूलक ढंगले जिल्ला अधिवेशनमा वञ्चित गराउने प्रयास भएको भन्दै त्यसो भएमा मान्य नहुने नेपालीले सम्बन्धित सरोकारवालालाई ध्यानाकर्षण गराएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही पुस २७ गते जिल्ला अधिवेशन मिति तोकेको छ । त्यो अगावै महोत्तरी प्रतिनिधिसभा संसदीय क्षेत्र नं. ३ को स्थगित निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने माग राखी नेपालीले आमरण अनसन थालेका हुन् ।

बुधबार बिहान ८ बजेदेखि कांग्रेसका पूर्वजिल्ला सचिवसमेत रहेका नेपालीले पार्टी जिल्ला कार्यालय महोत्तरीको जलेश्वरस्थित महेश्वर प्रसाद सिंह स्मृति भवनमा आमरण अनसन बसेका छ्न् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ